हेटौँडा सिमेन्ट सञ्चालक समितिका अध्यक्ष भण्डारीद्वारा राजीनामा

डिसी नेपाल
१५ चैत २०८२ १९:४२
1.3k
Shares

बागमती । हेटौँडा सिमेन्ट उद्योग लिमिटेडका सञ्चालक समिति अध्यक्ष नरेन्द्र भण्डारीले पदबाट राजीनामा दिएका छन्।

नयाँ सरकारलाई काम गर्न सहज होस् भन्ने उद्देश्यले आफूले अध्यक्षबाट राजीनामा दिएको पत्र आज उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पठाइसकेको उनले जानकारी दिए। मन्त्रिपरिषद्को २०८१ जेठ २४ गतेको निर्णयअनुसार तीन वर्षका लागि भण्डारीलाई अध्यक्षमा नियुक्त गरिएको थियो।

आफ्नो कार्यकालमा उद्योगलाई सुदृढ बनाउन विभिन्न चुनौतीका बीच निरन्तर प्रयास गर्दै पुराना मेसिनरी, प्रविधिगत सीमितता तथा आर्थिक अभावका बाबजुद उद्योगबाट हाल क्लिङ्कर उत्पादन र सिमेन्ट बिक्री प्रक्रियामा रहेको अध्यक्ष भण्डारीले बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *