भ्याक्सिन लगाउँदा पनि स्वास्थ्य मन्त्रीलाई कोरोना कसरी लाग्यो ? कम्पनीले दियो जवाफ

डिसी नेपाल
२१ मंसिर २०७७ ८:५८
684
Shares

काठमाडौं। कोरोनाभाइरस विरुद्धको भ्याक्सिन लगाइसकेपछि पनि भारतको हरियाणा राज्यका स्वास्थ्य मन्त्री अनिल विजलाई कोरोना संक्रमण भएपछि यो विषय अहिले चर्चामा छ । शनिबार अनिल विजले ट्वीटरमार्फत आफू संक्रमित भएको जानकारी दिएका थिए । विजले यसअघि कोरोनाभाइरसविरुद्धको भ्याक्सिन लगाएका थिए । भारत बायोटेकले विकास गरेको कोभ्याक्सिन नामको भ्याक्सिनको फेज ३ ट्रायलमा उनी पनि भ्याक्सिन लगाउने स्वयंसेवक थिए ।

यस विषयमा बहस बढेपछि भारत बायोटेकले सफाइ दिएको छ । भारत बायोटेकले एक बयान जारी गर्दै कोभ्याक्सिन २८ दिनको फरकमा २ डोज दिइनुपर्ने र दोस्रो डोज दिएको १४ दिनपछि मात्रै यसको प्रभावकारिता थाहा हुने बताएको छ । कोभ्याक्सिनलाई २ डोज दिएपछि मात्रै असर देखाउने गरी बनाइएको कम्पनीले जनाएको छ ।

भारत बायोटेकले बनाएको कोभ्याक्सिनको अहिले फेज ३ ट्रायल चलिरहेको छ । फेज ३ ट्रायल २० नोभेम्बरमा सुरु भएको थियो । यही बेला अनिल विजलाई पनि पहिलो डोज दिइएको थियो । उनलाई दोस्रो डोज २८ दिनपछि दिइने तय थियो तर त्यो दिन आउनुभन्दा पहिल्यै उनी संक्रमित भए । फेज ३ टयलमा २६ हजार स्वयंसेवकलाई भ्याक्सिन दिने तालिका छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.