अर्जेन्टिनाले देशका धनी नागरिकहरुसँग अतिरिक्त कर असुलेर गरिबहरुलाई राहत दिने

डिसी नेपाल
२१ मंसिर २०७७ १२:५०
260
Shares

काठमाडौं। कोरोनाभाइरसको महामारीका कारण रोजगारी गुमाएर आर्थिक संकटमा परेका गरिब नागरिकहरुलाई राहत दिनको लागि अर्जेन्टिनाको सरकारले देशका धनी नागरिकहरुमाथि अतिरिक्त कर लगाउने भएको छ । अब यहाँ २०० मिलियन पेसो (२५ लाख डलर) भन्दा धेरै सम्पत्ति भएका नागरिकले सम्पत्तिको कम्तीमा २ प्रतिशत कर तिर्नुपर्नेछ ।

बीबीसीका अनुसार सरकारले शुक्रबार यो नयाँ कानुन संसदबाट पास गरेको हो । रिपोर्टअनुसार अर्जेन्टिनामा नयाँ कानुनमा निर्धारित सीमाभन्दा धेरै सम्पत्ति भएका १२ हजार नागरिक छन् । यी धनीहरुबाट असुलिएको करको रकम कोरोनाभाइरस महामारीसँग लड्न र गरिबलाई सहयोग गर्नको लागि खर्च गरिनेछ । यो नयाँ कानुनको उद्देश्य सरकारको अय बढाउनु हो । लकडाउनका कारण अन्य देशजस्तै अर्जेन्टिनाले पनि भारी नोक्सानी व्यहोरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.