‘इंक गर्ल’लाई समर्थन गर्दा अभियन्ता पक्राउ, शी जिनपिङसँग निहुँ खोज्ने को हुन् ‘इंक गर्ल’ ?
काठमाडौं। ‘इंक गर्ल’ भनेर चिनिने डोंङ याओकिओङ नामकी युवतीलाई ट्वीटरमा समर्थन गर्दा एक चिनियाँ अभियन्ता पक्राउ परेका छन् । ‘इंक गर्ल’ डोंङले २०१८ मा चिनियाँ राष्ट्रपति शी जिनपिंङको तस्वीरमा उनको अनुहारमा मसी फ्याँकेर शीको अनुहार बिगारेकी थिइन् । उनै डोंङलाई ट्वीटरमा समर्थन गरेको आरोपमा हुनान प्रान्तको झुझोउ शहरको पुलिसले अभियन्ता ओउ बियाओफेङलाई १५ दिनको लागि हिरासतमा राखेको ओउकी श्रीमती वेइ हुआनहुआनको ट्वीटलाई उद्धृत गर्दै हङकङ फ्रि प्रेसले जनाएको छ ।
डोङले ‘इंक गर्ल’ उपनाम त्यतिबेला पाएकी थिइन् जतिबेला उनले चिनियाँ कम्युनिष्ट पार्टीमाथि विचारमा नियन्त्रण गर्न खोजेको आरोप लगाउँदै राष्ट्रपति शी जिनपिङको पोस्टरमा मसी फ्याँक्दै गरेको आफ्नो भिडियो अनलाइनमा लाइभ स्ट्रिम गरेकी थिइन् । सोमबार जारी गरिएको एक भिडियोमा डोंङले आफूलाई मनोचिकित्सककहाँबाट फर्किएपछि पनि निरन्तर निगरानी गरिएकोले आफू अत्यन्तै तनाबमा भएको बताएकी थिइन् ।

भिडियोमा डोंङले आफ्नो हिँडडुल गर्ने तथा आफ्ना पितासहित अन्य व्यक्तिहरुसँग सम्पर्क गर्ने स्वतन्त्रतामा प्रतिबन्ध लगाइएको आरोप लगाएकी थिइन् । हङकङको एप्पल डेलीसँग मंगलबार कुरा गर्दै उनले आफू त्यसै दिन मात्र पितासँग सम्पर्क गर्न सफल भएको बताएकी थिइन् । डोङका ट्वीट र भिडियो त्यसै दिन बेलुका डिलिट गरिए त्यसपछि उनको तर्फबाट कुनै पनि जानकारी सार्वजनिक भएको छैन ।
ओउले डोङको तर्फबाट ट्वीट गरेका थिए र डोङको डिलिट गरिएको भिडियो पनि उनैले ट्वीट गरेका थिए । यही कारण उनलाई पक्राउ गरिएको बताइएको छ । चाइनिज ह्युमन राइट्स डिफेण्डर्समा अनुसन्धान तथा वकालत कन्सल्ट्यान्ट रहेका लियो लानका अनुसार डोङ आफ्ना ट्वीटहरु अचानक डिलिट गरिएपछि दबाबमा आएको हुन सक्ने बताएका छन् ।







डिसी नेपाल








Facebook Comment