महिलाले आफ्नो ८८ करोडको सम्पत्ति छिमेकीहरुलाई बाँडिदिइन्

डिसी नेपाल
२१ मंसिर २०७७ १५:०२
656
Shares

काठमाडौं। आम रुपमा परिवारमा हुने झगडाका कारणहरुमध्ये एक प्रमुख कारण सम्पत्ति हो । कुनै पनि व्यक्ति आफ्नो थोरै मात्र जमिन वा पैसा अरुलाई दिन सामान्यतया तयार हुँदैनन् । तर, जर्मनीकी एक वृद्ध महिलाले भने आफ्नो ६.२ मिलियन युरो (८८ करोड रुपैयाँभन्दा बढी)को सम्पत्ति छिमेकीको नाममा गरेर गइन् । छिमेकीहरुलाई यसबारे थाहै थिएन । जब उनीहरुले महिलाले सम्पत्ति बाँडिदिएकोबारे थाहा पाए उनहिरु सबै चकित परेका छन् ।

सीएनएनको रिपोर्टअनुसार जर्मनीको बर्लिन शहरकी वृद्ध महिला रेनेट वेडेलले आफ्नो करोडौंको सम्पत्ति र शेयर छिमेकीका नाममा गरिदिएकी हुन् । यी महिलाको अघिल्लो वर्षको डिसेम्बरमा मृत्यु भइसकेको छ । रेनेट र उनका श्रीमान अल्फ्रेड सन् १९७५ देखि नै मध्य जर्मनीको हेस्सेमा वेपरफेल्डेन जिल्लामा बस्थे । यो समुदाय ६ गाउँहरुको समूह हो । उनका श्रीमान अल्फ्रेड शेयरबारे राम्रो जानकार र सफल थिए । उनी शेयर बजारमा पैसा लगानी गरेर राम्रो कमाइ गर्थे ।

२०१४ मा अल्फ्रेडको मृत्यु भयो । रेनेट पनि वृद्ध र अशक्त भएपछि २०१६ देखि फ्रयांकफर्टको एक नर्सिङ होममा बस्न थालेकी थिइन् । २०१९ को डिसेम्बरमा रेनेटको पनि ८१ वर्षको उमेरमा मृत्यु भयो । स्थानीय मिडिया आउटलेट हेसेनचाउका अनुसार रेनेटकी मूल उत्तराधिकारी उनकी बहिनी थिइन् तर उनको रेनेटभन्दा पहिले नै मृत्यु भइसकेको थियो ।

रेनेटले सम्पत्ति छिमेकीहरुलाई दिएको कुरा पहिलो पटक गएको अप्रिलमा खुलेको थियो जब जिल्ला प्रशासनले उनको सम्पत्तिसम्बन्धी राजीनामा पत्रको जानकारी दिएको थियो । रेनेटले आफ्नो पछाडि बैंक ब्यालेन्स, शेयर र बहुमूल्य सम्पत्ति छोडेर गएको जिल्ला प्रशासनले बताएको थियो । महिलाले कैयौं छिमेकीको नाममा आफ्नो सम्पत्ति छोडेर गएकी छिन् तर यो सम्पत्ति निजी खर्चका लागि गर्न पाइने छैन । समुदायका सबैले लाभ पाउने काममा उनको सम्पत्ति खर्च गर्न पाइनेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.