भारतको किसान आन्दोलनले क्यानडा र भारतबीच तनाव
नयाँ दिल्ली (एजेन्सी)। भारतमा केन्द्र सरकारले हालै ल्याएका तीनवटा कृषि कानून फिर्ता हुनुपर्ने भन्दै विभिन्न राज्यहरुमा किसानहरुले गरेको आन्दोलनलका अगाडि केन्द्र सरकार झुक्दै गएको छ। हरियाण र पञ्जावबाट किसानहरु दिल्ली पुगेका छन्।
दिल्लीका विभिन्न सीमामा हजारौं किसानहरु प्रदर्शन गरिरहेका छन्।
किसानहरुको आन्दोलनले उग्र रुप लिएपछि सरकारले किसानहरुलाई वार्तामा बोलाएको छ। पाँच चरणको वार्ता भए पनि वार्ता सफल भने हुन सकेको छैन। आन्दोलन बढ्दै जाँदा भारतको केन्द्र सरकारमाथि अन्र्राष्ट्रिय दबाब पनि बढ्दै गएको छ।
क्यानडाका प्रधानमन्त्री जस्टीन ट्रुडोले आफू भारतमा किसानहरुको शान्तिपूर्ण आन्दोलनको पक्षमा रहेको बताएका छन्। ट्रुडोले भारतको किसान आन्दोलनको समर्थनमा वक्तव्य दिएपछि भारत चिढिएको छ। ट्रुडोले पटक पटक भारतको किसान आन्दोलनका पक्षमा अभिव्यक्ति दिएका छन्। लगातार किसानका पक्षमा क्यानडाका प्रधानमन्त्री बोलेपछि भारतीय विदेश मन्त्रालयले दिल्लीस्थित क्यानडियन राजदूतलाई बोलाएर स्पष्टीकरणसमेत सोधेको छ।
स्पष्टीकरण सोधेपछि पनि ट्रूडोले आफूहरु शान्तिपूर्ण आन्दोलनको पक्षमा उभिने बताएका छन्। त्यसो त बेलाका केही सांसदहरुले पनि भारतका किसानहरुको आन्दोलनमा समर्थन जनाएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन्।
भारतीय विदेश मन्त्री एस जयशंकरले भारतको आन्तरिक मामिलामा बोल्दा दूई देशबीचको सम्बन्धमा ठूलो क्षति हुने भन्दै क्यानडालाई चेतावनीसमेत दिएका छन्।
तर, क्यानडामा भारतीय मुलका शिखहरुको चुनावमा निर्णायक भूमिका हुने र भारतमा हाल किसान आन्दोलनको नेतृत्व पञ्जावका शिखहरुले नै गरेकाले ट्रुडोले लगातार आन्दोलनको समर्थनमा अभिव्यक्ति दिइरहेका छन्।







डिसी नेपाल








Facebook Comment