अर्जेन्टिना फुटबल टीमका पूर्व प्रशिक्षक अलेजेन्ड्रो साबेलाको निधन

डिसी नेपाल
२४ मंसिर २०७७ २१:४३
44
Shares

काठमाडौं । अर्जेन्टिना फुटबल टोलीका पूर्व प्रशिक्षक अलेजेन्ड्रो साबेलाको क्यान्सर र हृदय रोगका कारण ६६ बर्षको उमेरमा निधन भएको छ । समाचार एजेन्सी सिन्हुआका अनुसार साबेलाको मंगलबार आईसीबीए अस्पतालमा भर्ना गरेको १३ दिनपछि निधन भएको हो । अस्पतालले एक विज्ञप्ति जारी गर्दे एलेजेन्ड्रो बिमारीका कारण अलेजेन्ड्रो साबेलाको निधन भएको जनाएको छ । साबेला २०११ देखि २०१४ सम्म अर्जेन्टिना फुटबल टोलीको प्रशिक्षकको रुपमा कार्यरत थिए। उनको प्रशिक्षण कालमा अर्जेन्टिनाले २०१४ फिफा वर्ल्ड कपको फाइनलमा स्थान बनाएको थियो। तर टोलीले फाइनल हार ब्योहोरेको थियो ।

आफ्नो खेल जिवनमा साबेला एक शानदार मिडफिल्डर पनि थिए । उनले अर्जेन्टिनाका लागि आठ खेल खेलेका थिए। उनले रिभर प्लेट, शेफील्ड युनाइटेड र लीड युनाइटेड जस्ता क्लबहरूका लागि खेलेका थिए । अर्जेन्टिनाका कप्तान लियोनेल मेसीले उनको निधन प्रति श्रद्धांजलि अर्पण गर्दे इन्स्टाग्राममा एक भावुक पोष्ट लेखेका छन । मेस्सीले २०१४ को वर्ल्ड कपको एक तस्वीर सार्वजनिक गर्दै लेखेका छन, “तपाईसँग धेरै कुराहरु शेयर गर्नु मेरो लागि सन्तोषजनक थियो। अलेजेन्ड्रो एक राम्रो असल ब्यक्ति हुनुको साथै मेरो करियर बनाउन सहयोग गर्ने एक उत्कृष्ट ब्यक्ति थिए र मैले उनीबाट धेरै कुरा सिके। हामीले एकसाथ फुटबलमा धेरै अविस्मरणीय पलहरू बिताएका छौ। उनलाई हार्दिक समावेदना छ ।” डिएगो माराडोनाको मृत्युको दुई हप्ता पछि साबेलाको निधन भएको हो। उनले १९८० को दशकमा माराडोनासँग पनि खेलेका थिए ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.