घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?
काठमाडौं। नेपाली बजारमा आज (बुधबार) सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार,आज सुनको मूल्य प्रतितोला २ हजार २ सय रुपैयाँले घटेको हो।
आज सुनको मूल्य प्रतितोला तीन लाख सात हजार ७०० रुपैयाँ कायम छ। मंगलबार प्रतितोला तीन लाख नौ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, चाँदीको मूल्य पनि तोलामा १८५ रुपैयाँले घटेको छ। चाँदी तोलामा पाँच हजार १५० रुपैयाँ तोकिएको छ। हिजो चाँदी प्रतितोला पाँच हजार ३३५ रुपैयाँमा किनबेच भएको थियो।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment