बायर्न समूह विजेता बन्दा साल्जवर्ग बाहिरियो
काठमाडौं । युरोपियन च्याम्पियन्स लिग अन्तर्गत समूह चरणको अन्तिम खेलमा लोकोमोतिभ मस्कोलाई २–० ले पराजित गर्दे बायर्न समूह विजेता बनेको छ । यसअघि नै अन्तिम १६ मा स्थान पक्का गरिसकेको बायर्नका लागि निक्लस लेले ६३औं र एरिक म्याक्सिम चपो मोटिङले ८०औं मिनेटमा गोल गरे । जितपछि बायर्नले ५ जित र एक बराबरीसहित १६ अंक जोडेर समूह विजेता बनेको छ ।
यस्तै अन्तिम खेलमा साल्जवर्गलाई २–० ले पराजित गर्दै स्पानिस क्लब एट्लेटिको मड्रिड समूह उपविजेता बन्दै अन्तिम १६ मा प्रवेश गरेको छ । जितपछि ६ खेलबाट ९ अंक जोड्दै एट्लेटिको दोस्रो भयो । समान खेलबाट ४ अंक मात्र जोडेको साल्जवर्ग तेस्रो स्थानमा रहेर बाहिरिएको छ ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment