बिग बास लिग : होर्बट हरीकेन्सद्वारा सिडनी सिक्सर्सलाई १७९ रनको लक्ष्य

डिसी नेपाल
२५ मंसिर २०७७ १५:३६
104
Shares

काठमाडौं । अष्ट्रेलियाको सबैभन्दा ठुलो टि २० क्रिकेट प्रतियोगिता बिग बास लिग आज बाट सुरु भएको छ। लिगको पहिलो खेल नेपाली स्टार खेलाडी सन्दीप लामिछाने सम्मिलित टोली होर्बट हरीकेन्स र सिडनी सिक्सर्स बीच बेलेराइव ओवलमा भईरहेको छ । आजको खेलमा सिडनी सिक्सर्सले टस जितेर बलिङ गर्ने निर्णय गर्यो ।

टस हारेर पहिले ब्याटिङ गरेको होर्बट हरीकेन्सको सुरुवात खासै राम्रो रहेन । टोलीका ओपनर विल ज्याक्स पहिलो ओभरको दोस्रो बलमै खाता नखोल्दै सिडनी सिक्सर्सका बलर बेन्जामीन मानेन्तीको हातबाट क्याच आउट हुन पुगे । त्यस्तै अर्का ओपनर डि आर्ची सर्ट पनि खाता नखोल्दै बेन ड्वारस्विसको बलमा क्याचआउट हुन पुगे । तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका कोलिन इङग्रामले ५५ रनको अर्धसतकिय पारी खेल्दै टोलीलाई सम्मानजनक योगफल तर्फ पुगाउन सहयोग गरे । ४२ बलमा ५५ रन बनाएका उनले ७ चौंका र एक छक्का प्रहार गरे । हरीकेन्सका टिम डेभडले पनि आक्रमक ब्याटिङ गर्दे ३३ बलमा ५८ रनको अर्धसतकिय पारी खेले । हरीकेन्सले निर्धारित २० ओभरको खेलमा ८ विकेट गुमाउदै १७८ रन बनायो । बलिङमा सिडनी सिक्सर्सका लागि बेन ड्वारस्विस र डेनिल किस्टनले समान ३–३ विकेट तथा बेन्जामीन मानेन्ती र स्टीभ ओ केफिले एक–एक विकेट लिए । १७९ रनको लक्ष्य पाएको सिडनी सिक्सर्सले केहि बेरमा ब्याटिङ गर्देछ ।

 

 

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.