बिबिएलको पहिलो खेलमा सिडनी सिक्सर्स १६ रनले पराजित
काठमाडौं । अष्ट्रेलियामा आजबाट सुरु भएको बिग बास लिगको पहिलो खेलमा सिडनी सिक्सर्स १६ रनले पराजित भएको छ । टस जितेर पहिले बलिङ गर्ने निर्णय सिडनीको लागि दुर्भाग्य सावित भयो । टस हारेर पहिले ब्याटिङ गरेको होर्बट हरीकेन्सले निर्धारित २० ओभरको खेलमा ८ विकेट गुमाउदै १७८ रन बनायो । हरीकेन्सका लागि कोलिन इङग्राम र टिम डेभडले अर्धसतकिय पारी खेले । कोलिनले ४२ बलमा ५५ रन बनाउदा ७ चौंका र एक छक्का प्रहार गरे । त्यस्तै टिम डेभडले आक्रमक ब्याटिङ गर्दे ३३ बलमा ५८ रन बनाए । ५८ रन बनाउने क्रममा उनले ८ चौंका र १ छक्का प्रहार गरे ।
१७९ को लक्ष्य लिएर मैदानमा आएको सिडनी सिक्सर्सले निर्धारित २० ओभरको खेलमा ६ विकेट गुमाएर १६२ रन मात्र बनायो । सिडनीका लागि जेम्स भिन्सले ४१ बलमा ६७ रन बनाए । त्यस्तै ओपनर ज्याक इडर्वाडसले ३९ बलमा ४७ रन बनाए । हरीकेन्सका लागि
जेम्स फाल्कनर र रिले मेरिडिथले समान २–२ विकेट तथा नथन इलिस र स्कोट बोल्यान्डले एक–एक विकेट लिए ।







डिसी नेपाल








Facebook Comment