राष्ट्रिय फुटबल टोलीका प्रमुख प्रशिक्षकको राजिनामा स्वीकृत

डिसी नेपाल
२६ मंसिर २०७७ ९:२६
172
Shares

काठमाडौं । राष्ट्रिय फुटबल टोलीका प्रमुख प्रशिक्षक जोहान कालिनले पदबाट राजिनामा दिएका छन । अखिल नेपाल फुटबल संघले कालिनलाई मार्च १, २०१९ मा प्रमुख प्रशिक्षक नियुक्त गरेको थियो ।

अखिल नेपाल फुटबल संघको बैठकले उनको राजिनामा स्वीकृत गरेको छ । कालिनले गत् नोभेम्बर १ मा राजिनामासहितको पत्र फुटबल संघलाई बुझाएका थिए । संघले सहायक प्रशिक्षक बाल गोपाल महर्जनलाई कार्यवाहक प्रमुख प्रशिक्षकको जिम्मेवारी दिएको छ । कालिनको प्रशिक्षकत्वमा नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले मार्च २१, २०१९ मा कुवेत विरुद्ध खेलेको थियो । कालिनको प्रशिक्षकत्वमा नेपालले ११ अन्तर्राष्ट्रिय स्पर्धा गरेको थियो । जसमध्ये एकमा जित, दुईमा बराबरी र आठमा हार बेहोरेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.