एउटै व्यक्तिसँग दोहोरो पद, राखेपका क्रिकेट प्रशिक्षक जिल्ला संघका पनि सदस्य !

डिसी नेपाल
२९ मंसिर २०७७ १६:२५
616
Shares

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का क्रिकेट प्रशिक्षक प्रदिप पाण्डे राखेप प्रशिक्षकसँगै मोरङ जिल्ला क्रिकेट संघका पनि सदस्य रहेको संघको लेटर प्याडमा देखिएको छ । मोरङ जिल्ला क्रिकेट संघले विभिन्न समयमा जारी गरेको विज्ञप्तीमा संघको लेटरप्याडमा सदस्यको रुपमा पाण्डेको नाम बारम्बार देखिएको छ । नयाँ खेलकुद ऐन अनुसार राखेपका कर्मचारी कुनैपनि खेलकुद संघमा बस्न नपाउने ब्यवस्था छ । तर पाण्डेको नाम बारम्बार मोरङ जिल्ला क्रिकेट संघको लेटरप्याडमा सदस्यको रुपमा आइरहेको छ ।

यस विषयमा डिसी नेपालले पाण्डेसँग सम्पर्क गर्दा उनले आफू संघमा नरहेको बताए । उनले खेलकुदको नयाँ ऐन अनुसार आफूले मोरङ जिल्ला क्रिकेट संघको सदस्यबाट राजिनामा दिइसकेको बताए । पाण्डेले राजिनामा दिइसक्दा पनि किन क्रिकेट संघले उनको नाम लेटरप्याड राखियो भन्ने विषयमा हामीले मोरङ जिल्ला क्रिकेट संघका अध्यक्ष नविन घिमिरेलाई सम्पर्क गर्दा उनले पाण्डेले राजिनामा दिई सकेको स्विकार गरे । घिमिरेले लेटरप्याडमा उनको नाम भूलवष आएको बताए । मोरङ जिल्ला क्रिकेट संघको यो लापरवाही प्रति नियामक निकायले भने आँखा चिम्लेको छ । राजीनामा दिइसकेका आफ्ना सदस्यको नाम बारम्बार लेटरप्याडमा राख्दा पनि न त नेपाल क्रिकेट संघ क्यानले केही बोलेको छ न त राष्ट्रिय खेलकुद परिषद् (राखेप)को नै यसमा ध्यान पुगेको छ । खेलकुद ऐन कार्यान्वयन गराउने निकाय भने राखेप नै हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.