प्रधानमन्त्री ओलीले गरे निर्वाचन आयोगका पदाधिकारीसँग छलफल

डिसी नेपाल
५ पुष २०७७ १८:२३
304
Shares

काठमाडौं। सरकारले संसद् विघटन गरी मध्यावधि चुनावको घोषणा गरेपछि निर्वाचन आयोगसँग छलफल गरेको छ। आइतबार नै संसद विघटन गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन आयोगका पदाधिकारीसँग छलफल गरेका हुन्।

छलफलमा प्रधानमन्त्री ओलीले आयोगलाई निर्वाचनको तयारीमा लाग्न निर्देशन दिएको बताइएको छ। आयोगलाई आवश्यक पर्ने बजेट, कानून र जनशक्ति सरकारले जुटाउने भन्दै ओलीले निर्वाचनको तयारीमा जुट्न निर्देशन दिएका हुन्।

आफ्नै पार्टी भित्रबाट अविश्वासको प्रस्ताव आउन लागेको जानकारी पाएपछि प्रधानमन्त्री ओलीले आइतबार संसद विघटन गरी मध्यावधि निर्वाचनको घोषणा गरेका छन्। संसद् विघटनको चौतर्फी विरोध भइरहेको छ। भने सत्तारुढ दल नेकपाको स्थायी कमिटीले ओलीमाथि अनुशानको कारबाही गर्ने निर्णय गरिसकेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.