भारतमा बनेका कोरोना विरुद्धका खोपको तेस्रो परीक्षण सफल

डिसी नेपाल
२० पुष २०७७ १४:०५
120
Shares

भारतमा कोरोना भाइरसका विरुद्ध बनेका काविशिल्ड र कोवाक्सिनले तेस्रो चरण पनि पार गरेका छन्। आइतबार केन्द्रीय ड्रग्स एण्ड स्ट्याण्डर कमिटी (सीडीएससीओ)ले औपचारिक रुपमै भारत वायोटेक र सीरम इन्टिच्युट अफ इन्डिया (एसआइआइ)द्वारा बनाएको खोपलाई अनुमति दिएको हो।

भारतमा विकसित भएको कोरोनाको भ्याक्सीन सुरुवाति चरणमा स्वास्थ्यकर्मी तथा कोरोनाका विरुद्ध अग्रपंतिमा रहेका कर्मचारीलाई दिइने भएको छ।

एसआइआइबाट कोविशिल्ड अक्सफोर्डको एस्ट्राजेनेको भ्याक्सिनमा आधारित छ। भारत वायोटेकको कावाक्सिन भारतका स्वास्थ्यकर्मी तथा अग्रपंतिमा रहेका कर्मचारीलाई लगाउने भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार कोरोनाका सबैभन्दा बढी जोखिम मानिने ३ करोड बढी कर्मचारीलाई यो भ्याक्सीन निःशुल्क दिइने भएको छ।

तर, अहिलेसम्म निर्माण भएकामध्य कुन भ्याक्सिन लगाइदै छ भन्ने विषयमा निर्णय नभइसकेको भारतीय संचार माध्यामहरुले जनाएका छन। संचार माध्यायमका अनुसार तयार भएको खोप अबको १५ दिन भित्र सुरु हुन सक्छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.