लागूऔषधसहित विभिन्न स्थानबाट १४ जना पक्राउ
xr:d:DAFQ4UFI_nI:702,j:44705443211,t:23040605
काठमाडौं। देशका विभिन्न स्थानबाट लागूऔषधसहित प्रहरीले १४ जनालाई पक्राउ गरेको छ।
सुनसरीको इनरूवा नगरपालिका-४ बसचोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम ३ सय ४० मिलिग्राम सहित २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा मोरङ सुन्दरहरैँचा नगरपालिका-६ बस्ने २१ वर्षीय अनिस तामाङ र २२ वर्षीय राघब राई रहेका छन्। जिल्ला प्रहरी कार्यालय सुनसरी र अस्थायी प्रहरी पोष्ट इनरूवा बसपार्कबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।
यसैगरी सुनसरीको इनरूवा नगरपालिका-४ बसचोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ७ सय ३० मिलिग्राम सहित २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा मोरङ सुन्दरहरैँचा नगरपालिका-८ बस्ने २६ वर्षीय सचिन घिमिरे र २८ वर्षीय बिबेक श्रेष्ठ रहेका छन्। जिल्ला प्रहरी कार्यालय सुनसरी र अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।
यसैगरी सुनसरीको धरान उपमहानगरपालिका-९ देवकोटा पथबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ९ सय ४० मिलिग्राम र नगद ७१ हजार ७ सय ९५ रूपैयाँ सहित भारत बिहार सुपौल अचलपुर-९ डुमरी बस्ने २३ वर्षीय आदित्य सागरलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ। कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र वडा प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले को.३४ प १११४ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो। साथै थप अनुसन्धानको क्रममा धरान उपमहानगरपालिका-१८ बुद्ध चौकस्थित कान्तिपुर गेष्ट हाउसबाट भारत सुपौल धरहरा-८ गणपतगंज राधोपुर बस्ने २६ वर्षीय राज कुमार यादवलाई अवैध लागूऔषध ब्राउनसुगर १० ग्राम २ सय ३ मिलिग्राम सहित प्रहरीले पक्राउ गरेको छ।
मोरङको पथरी शनिश्चरे नगरपालिका-५ शान्ति चोकबाट नियन्त्रित लागूऔषध नाइट्राजेपाम ९४ ट्याब्लेट, ट्रामाडोल ९० ट्याब्लेट र स्पास्पेन ५० ट्याब्लेट सहित २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा उर्लावारी नगरपालिका-१ बस्ने १९ वर्षीय विश्वास तामाङ र कञ्चनपुर बेलौरी नगरपालिका-९ बस्ने १९ वर्षीय सागर चौधरी रहेका छन्। अस्थायी प्रहरी पोष्ट हसन्दहबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो।
झापाको गौरादह नगरपालिका-२ हिमालचोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम २ सय मिलिग्राम र नियन्त्रित लागूऔषध ट्रामाडोल १० ट्याब्लेट सहित सोही नगरपालिका-२ बस्ने ३० वर्षीय धिरन राई समेत ३ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय गौरादहबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो।
बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२२ सचिन चोक अगाडिबाट अवैध लागूऔषध गाँजा करिब २ किलोग्राम सहित रौतहट देवाही गोनाही नगरपालिका-३ बस्ने ३५ वर्षीय मनोज पासवानलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय अमलेखगंजबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो।
कैलालीको बर्दगोरिया गाउँपालिका-२ सम्झनाचोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ सय ७० मिलिग्राम सहित सोही गाउँपालिका-६ बस्ने ४२ वर्षीय मिन बहादुर डगौरालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय सडकपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।
कञ्चनपुरको भीमदत्त नगरपालिका-११ होल्डिङ्ग सेन्टरबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २४ ग्राम १ सय ६० मिलिग्राम सहित सोही नगरपालिका-२ उल्टाखाम बस्ने २७ वर्षीय टेकेन्द्र भण्डारीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कायालय गड्डाचौकी र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment