ज्याक मा लाई महंगो पर्यो चिनियाँ सरकारको आलोचना, २ महिनादेखि गायब

डिसी नेपाल
२० पुष २०७७ १४:२५
1.3k
Shares

काठमाडौं। चिनियाँ अरबपति तथा ई– कमर्स कंपनी अलीबाबाका मालिक ज्याक मा पछिल्लो दुइ महिनादेखि सार्वजनिक कार्यक्रममा नदेखिएका कारण हरायको आशंक गरिएको छ।

गत अक्टोबर २४ मा सांघाईमा दिएको एउटा ‘विवादित’ अभिव्यक्तिपछि चीनका तेस्रो ठूला धनी व्यक्ति मा सार्वजनिक कार्यक्रममा देखिएका छैनन्। उनले २ महिना पहिले संघाइमा सम्पन्न कार्यक्रममा चिनियाँ सरकारले लागू गरेको सरकारी बैंकिङ नियमको चर्को आलोचना गरेका थिए। उक्त कार्यक्रमा उनले विश्वका बैंकिक नियमलाई ‘बुर्जुवा वर्गका क्लव’ को संज्ञा दिएका थिए। उनले उक्त नियममा पुर्नविचार गर्नुपर्ने माग राखेका थिए।

उनी प्रायजसो सार्वजनिक कार्यक्रममा प्रमुख वक्ताको रुपमा रहने गर्थे। मुख्य गरी उनले युवा पीडिलाई उत्तप्रेरणा दिने खालका वक्तव्य दिन्थ्ये। जसकारण विश्वभरका यूवा पिडींमाझ लोकप्रिय छन्। धेरैजसको यूवाले उनलाई आफ्नो प्ररेणाका स्रोत मान्ने गर्दछन्।

त्यसपछि चिनियाँ सरकारको नेतृत्व गरेको सत्तारुढ चिनियाँ कम्यूनिष्ट पार्टीले ज्याक मा र उनको कम्पनी माथी कडाई गर्दै आएको छ।

उनी पछिल्लो दुइ महिना ‘अफ्रिकाका हिरोज’ लगायत थुप्रै कार्यक्रममा सहभागी हुने कार्यतालिका थियो। तर, व्यस्त कार्यतालिकका भएपनि उनी पछिल्लो २ महिनादेखि कुनै पनि सार्वजनिक कार्यक्रममा देखा परेका छैनन्।

यस्तै धेरैजसो सामाजिक सञ्जाल ट्वीटरमा व्यस्त रहने ज्याक मा का तीन वटै ट्वीटर एकाउन्टमा पनि कुनै स्ट्याटस पोस्ट भएका छैनन्। उनले अक्टोबर १० यता ट्वीट पनि गरेका छैनन्।
माले कोरोना महामारीका बीच युरोप, अमेरिका र विश्व स्वास्थ्य ९डब्लूएचओ० लाई मास्कलगायतका विभिन्न स्वास्थ्य सामग्री सहयोग गरेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.