जुलियन असान्जलाई अमेरिका सुपुर्दगी गर्न नसकिने बेलायती अदालतको फैसला
लण्डन (एजेन्सी)। विकिलिक्सका संस्थापक जुलियन असान्जलाई अमेरिका सुपुर्दगी गर्न नसकिने एक बेलायती अदालतले फैसला गरेको छ। बेलायतको जिल्ला अदालतले असान्जको मानसिक अवस्था ठिक नरहेको र आत्महत्याको जोखिम रहेकाले यस्तो बेला अमेरिकालाई दिन नसकिने बताएको छ।
असान्जले विकिलिक्समार्फत अमेरिकाबारे हजारौं इमेल सार्वजनिक गरिदिएपछि अमेरिकाले उनलाई राष्ट्रिय सुरक्षामा खतरा भन्दै मुद्दा चलाउने बताएको थियो। उनीमाथि अमेरिकामा १७ वटा मुद्दा चलाइने छ। जसमा उनी दोषी ठहर भए अधिकतम १७५ वर्षको जेल सजाय हुन सक्छ।
असान्ज लामो समय लण्डनस्थित इक्वेडरको दूतावासमा शरणार्थीका रुपमा बसेका थिए। त्यसपछि उनलाई बेलायतमा गिरफ्तार गरिएको थियो। र बेलायतमा उनीमाथि मुद्दा चलिरहेको छ। अमेरिकाले उनलाई आफ्नो देशमा ल्याएर मुद्दा चलाउने लामो प्रयास गरे पनि हालसम्म सफल हुन सकेको छैन। असान्जले आफूलाई अमेकिा सुपुर्दगी नगर्न भन्दै बेलायतमा मुद्दा लडिरहेका छन्।







डिसी नेपाल








Facebook Comment