कोरोना संक्रमण नियन्त्रण गर्न जापानमा आपतकाल घोषणा हुँदै

डिसी नेपाल
२० पुष २०७७ २१:२४
76
Shares

टोकियो। जापान सरकारले टोकियो, साइतामा, चिबा र खानागावा प्रिफेक्चरमा अन्ततः आपतकाल घोषणा गर्ने भएको छ। यी क्षेत्रहरुमा कोरोना भाइरसको संक्रमण तिव्र दरमा बढिरहेको छ।

संक्रमण बढेसँगै टोकियो महानगर सरकारले व्यवसाय सञ्चालन गर्ने समय घटाउने भएको छ। र व्यवसाय सञ्चालन समय घटाउने व्यवसायीलाई दिँदै आएको राहत रकम पनि बढाउने भएको छ। यसअघि राति १० बजेदेखि नै व्यवसाय बन्द गर्ने सञ्चालकहरुलाई दैनिक ४० हजार येन दिँदै आएको थियो।

अब टोकियो महानगर सरकारले सञ्चालन अवधी घन्टा घटाउने अनुरोधको पालना गर्ने व्यवसायी रेस्टुरेन्टहरुलाई उपलब्ध गराउँदै आएको राहत रकम बढाउने भएको हो।

रेस्टुरेन्ट सञ्चालन ८ बजे नै बन्द गर्ने नियमको पालना गर्नेहरुका लागि रकम बढाएर दैनिक ५० हजार येनमा पुर्याउने जापान सरकारको योजना रहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *