अब ड्राइभर बिनाको गाडीले घरघरमै पुर्‍याउने छ सामान

डिसी नेपाल
२० पुष २०७७ २२:४८
124
Shares

वाशिङ्टन (एजेन्सी)। कोरोना महामारीका कारण मानिसहरु घर बाहिर ननिस्केपछि यो वर्ष अनलाइन बुकिंग गरेर घरमै सामान मगाउने प्रचलन निकै बढ्यो। अनलाइन बुकिंग गर्ने र समाना डेलिभरी गर्ने व्यवसाय स्मार्ट विजनेश संसारमै बढ्दो क्रममा छ।

यहीबीच अब सामान घरमै बिना ड्राइभरको गाडीले पुर्याउने भएको छ। अमेरिकाको क्यालिफोर्नियामा ड्राइभरलेस डेलिभरी भ्यानलाई सञ्चालन गर्न अनुमति दिइएको बीबीसीले जनाएको छ। न्यूरो नामको रोबोटिक कम्पनीले यो भ्यान तयार गरेको बताइएको छ।

यो भ्यानको अधिकतम स्पीड ३५ किलोमिटर प्रतिघण्टा हुने जनाइएको छ। गाडीमा स्टेयरिंग, प्याडल, साइड मिरर केही पनि हुने छैनन्। र यो गाडीको आकार अण्डा जस्तै हुनेछ। यो गाडीमा जोडिएको ३६० डिग्रीको क्यामेराले गाडी चलाउन सजिलो बनाउने र मनिटरिंग गर्न पनि सघाउने जनाइएको छ।

शुरुमा यो गाडी सिधा सडकमा र ठिक मौसममा मात्र सञ्चालन गर्न अनुमति दिइएको बताइएको छ। यो गाडीको प्रयोग पूर्व सुरक्षा चुनौतीबारे पनि परीक्षण गरिएको जनाइएको छ। तर, सुरक्षा चुनौती सँधै रहने बताइएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.