मास्क लगाउन नमान्ने यात्रुलाई ट्याक्सी चालकले प्रहरीकहाँ लगेर बुझाइदिए
काठमाडौं। मास्क लगाउन नमान्ने एक जना यात्रुलाई ट्याक्सी चालकले उनको गन्तव्यमा लैजानुको सट्टा पुलिसकहाँ लगेर बुझाइदिएका छन् । घटना क्यानडाको हो । सीएनएनको रिपोर्टअनुसार नयाँ वर्ष मनाउने क्रममा अत्याधिक मदिरा सेवन गरेर ट्याक्सीमा यात्रा गर्न लागेका ती व्यक्तिलाई ट्याक्सी चालकले मास्क लगाउन आग्रह गरेका थिए । तर, यात्रुले नमानेपछि ट्याक्सी चालकले उनलाई पुलिस स्टेशन लगेर बुझाइदिएका छन् ।
ती ट्याक्सी चालकले यात्रुलाई पुलिस स्टेशन लैजानुभन्दा पहिले नै पुलिसलाई फोन गरेर एक व्यक्तिले बिना मास्क आफ्नो ट्याक्सीमा यात्रा गरेको जानकारी पनि दिएका थिए । ती व्यक्ति अत्याधिक नशामा थिए र जानीजानी कोरोना नियम तोड्नको लागि ड्राइभरको अनुहारमा हात लगाउने कोसिस पनि गरिरहेका थिए । त्यसपछि चालकले उनलाई सिधै भिक्टोरिया पुलिस डिपार्टमेन्ट हेडक्वाटर लिएर गए । उनीमाथि ६९० डलर जरिवाना लगाइएको छ ।







डिसी नेपाल








Facebook Comment