इरानको आणविक सम्झौता जोगाउन ईयूले थप प्रयास गर्ने

डिसी नेपाल
२१ पुष २०७७ २१:१५
52
Shares

ब्रसेल्स । युरोपेली संघ (ईयू)ले मंगलबार ईरान आणविक सम्झौतालाई भङ्ग हुन नदिन आफ्नो प्रयासलाई ‘दोब्बर पार्ने’ प्रतिबद्धता दोहोराएको छ ।

तेहरानले युरेनियम प्रशोधन प्रक्रियालाई बढाएर २० प्रतिशत पु¥याउन थालेको संयुक्त राष्ट्र सङ््घीय आणविक हतियार नियमनकारी संस्था बताएपछि ईयूले इरानलाई सन् २०१५ मा भएको आणविक सम्झौतालाई भङ्ग नगरोस् भनी आफ्नो कुटनीतिक प्रयासलाई दोब्बर गर्ने बताएको हो ।

ईयूका प्रवक्ता पीटर स्टानोले भन्, “इयूले इरानले उठाएको कदमलाई ‘गहिरो चिन्तासहित’ ध्यान दिएको छ । “हामी सम्झौतालाई जोगाउनका लागि हाम्रो प्रयासलाई दोब्बर पार्नेछौं र सबै पक्षले आणविक सम्झौताको पूर्ण कार्यान्वयनका लागि मध्यस्थता गर्नेछौँ,” उनले भने ।

इरानसँगसंयुक्त राज्य अमेरिका, फ्रान्स, जर्मनी, रुस, चीन र बेलायतले आणविक सम्झौता गरेका थिए । अमेरिकाले सो सम्झौताबाट हात झिकेको घोषणा गरिसकेको छ भने इरानले पनि सम्झौता आफ्नो अधिकार कटौती गर्न मात्र लागु हुन नसक्ने भन्दै यूरेनियम प्रशोधन र भण्डारणलाई बढाउन थालेको छ ।

बाँकी राष्ट्र भने सो सम्झौतामा अडिग रहेका छन् । इरानले सम्झौताका बाँकी पक्षधर राष्ट्रलाई आफूहरुले सन् २०१५ को आणविक सम्झौताका केही अंशलाई निलम्बन गरेको एक वर्ष पहिले नै जानकारी गराएको बताउने गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.