छोटो कपडा लगाएको भन्दै युवतीलाई रेष्टुरेण्टबाट बाहिर निकालियो
काठमाडौं। अस्ट्रेलियाको समुद्र किनारमा रहेको एक रेष्टुरेण्टले एक युवतीलाई छोटो कपडा लगाएकै कारण बाहिर निकालेको छ । रेष्टुरेण्टका वेटरलाई उनको कपडा ठिक नलागेपछि उनलाई बाहिर निकालिएको हो । इटलीकी मार्टिना कोरेडीले आफूसँग यो घटना अस्ट्रेलियाको बोन्डी बीचमा भएको बताएकी छिन् ।

डेलीमेलको रिपोर्टअनुसार मार्टिना रेष्टरेण्ट जाँदा ग्रे रंगको क्रप टप र सेतो ट्राउजर लगाएर गएकी थिइन् । उनी आफ्जना ब्वाइफ्रेण्डसँग थिइन् । रेष्टुरेण्टका एक स्टाफले उनलाई उनको कपडालाई लिएर रेष्टुरेण्टबाट जान भने । मार्टिनाले फेसबुकमा एक पोस्ट गर्दै यसबारे राय मागेकी छिन् । उनका अनुसार वेटरले उनको कपडा ठिक नभएको भनेपछि उनले म्यानेजरलाई समेत बोलाएकी थिइन् तर म्यानेजर पनि वेटरको कुरासँग सहमत देखिएका थिए ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment