कोरोनाभन्दा खतरनाक भाइरस ! संसारमा अर्को महामारी फैलन सक्ने

डिसी नेपाल
२२ पुष २०७७ २२:१३
1.5k
Shares

काठमाडौं । चीनबाट सुरु भएको कोरोनाभाइरसले यतिबेला विश्व आक्रान्त भइरहेको छ । महामारीको रुप लिएर जनजीवनलाई उथलपुथल बनाएको कोरोनाको खोप विकास भएसँगै संसारमा आशा पलाएको छ । तर कोरोनाको डर नसकिँदै पुनः अर्को घातक भाइरस फेला परेको छ ।

‘डीजीज एक्स’ नाम दिइएको उक्त भाइरस डेमोक्रेटिक रिपब्लीक अफ कंगोमा भेटिएको हो । उक्त भाइरस इबोला भाइरस पत्ता लगाउने वैज्ञानिक डा।जीन जैक्स मुएंब तामफमले पत्ता लगाएका हुन् । उनका अनुसार यो भाइरस कोरोनाभन्दा घातक हुने र तीव्र गतिमा फैलिनेछ । यसबाट मर्नेको संख्या कोरोनाभन्दा बढी हुनसक्ने बताइएको छ ।

‘आज हामी यस्तो अवस्थामा पुगेका छौँ कि यहाँ नयाँ भाइरस उत्पत्ति भएको छ । यो भाइरस मानिसका लागि निकै खतरनाक बन्न सक्छ । यो भाइरस कोरोनाभन्दा खतरनाक हुनुका साथै यसले विश्वमा महामारी अझ धेरै फैलाउने छ’, डा. तामफम ले भनेका छन् ।

वैज्ञानिकहरूका अनुसार रोग एक्स महामारी वर्तमान चरणको परिकल्पना हो । तर यदि यो फैलियो भने यसले विश्वमा ठूलो विनाश निम्त्याउँछ। यसलाई विश्वभर फैलिनबाट बचाउनमा धेरै नै कठिनाइ हुनेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.