अमेरिकाले भारतमाथि विभिन्न प्रतिबन्ध लगाउँदै

डिसी नेपाल
२३ पुष २०७७ १५:२७
5.5k
Shares

काठमाडौं। अमेरिकाले भारतमाथि विभिन्न प्रतिबन्ध लगाउने तयारी थालेको छ । अमेरिकी संसदको स्वतन्त्र अनुसन्धान इकाइ कंग्रेसनल रिसर्च सर्भिसले अमेरिकी संसदमा बुझाएको पछिल्लो रिपोर्टमा यसको खुलासा गरिएको छ । भारतले हालै अर्बौं डलरको एस–४०० मिसाइल डिफेन्स सिस्टम रुससँग खरिद गर्ने सम्झौता गरेपछि अमेरिकाले भारतमाथि प्रतिबन्ध लगाउने तयारी थालेको हो ।

यद्यपि सीआरएसको रिपोर्ट अमेरिकी संसदको आधिकारिक रिपोर्ट भने होइन र यसले अमेरिकी सांसदहरुको रायलाई पनि प्रतिबिम्बित गर्दैन । यो रिपोर्ट स्वतन्त्र विशेषज्ञहरुलाई अमेरिकी सांसदहरुको लागि तयार गरेको सुझाव हो । तर, विशेषज्ञहरुले यसरी दिने सुझावहरुलाई अमेरिकी सांसदहरुले गम्भीरतापूर्वक लिने गरेकोले भारतमाथि प्रतिबन्ध लाग्न सक्ने खतरा धेरै छ ।

अक्टोबर २०१८ मा भारतले रुससँग ५ अर्ब डलरमा रुससँग ५ वटा मिसाइल डिफेन्स सिस्टम खरिद गर्न सम्झौता गरेको थियो । अमेरिकाले त्यतिबेलै भारतलाई प्रतिबन्ध लगाउने चेतावनी दिएको थियो तर भारतले चेतावनीको बेवास्ता गर्दै सम्झौता गरेको थियो । सम्झौतापछि भारतले २०१९ मा पहिलो किस्तावापत ८०० मिलियन डलर रुसलाई दिइसकेको छ । एस–४०० लाई रुसको सबैभन्दा उन्नत एयर मिसाइल डिफेन्स सिस्टम मानिन्छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.