जापानमा आपतकाल घोषणा
टोकियो। जापानी प्रधानमन्त्री योशिहिदे सुगाले कोरोना भाइरस बढेसँगै संक्रमणको चपेटामा आएका टोकियो र आसपासका तीन प्रिफेक्चरका आपतकालको घोषणा गरेका छन्। आपतकाल जनवरी ८ देखि फेब्रअरी ७ सम्म लागू हुनेछ।
आपतकाल लागू भएपछि स्थानीय बासिन्दाहरुलाई घरभित्रै बस्न आग्रह गरिएको छ। रेस्टुरेन्ट र बारहरुलाई साँझ ७ बजेदेखि अल्कोहल विक्री वितरण बन्द गर्न र साँझ ८ बजे पसल पूर्ण रुप्मा बन्द गर्न भनिएको छ।
आपतकाल टोकियो, र आसपासका खानागावा, चिबा र साइतामा प्रिफेक्चरमा लागू हुनेछ। यस्तै कार्यालयमा आएर काम गर्ने कर्मचारीको संख्या ७० प्रतिशत कम गर्ने सरकारी तयारी छ।
नियमअनुसार पसल बन्द नगर्नेलाई कारबाही गरिनेसमेत चेतावनी दिइएको छ। विश्वविद्यालयका प्रवेश परीक्षाहरु भने यही महिनाको अन्त्यतिर गरिने बताइएको छ। सरकारले पब, बार र रेस्टुरेन्टहरुलाई अनुरोध मानेर व्यवसाय सञ्चालन कम गरेबापत यसअघि दिँदै आएको दैनिक ४० हजार येन सहुलियत बढाएर अधिकतम् ६० हजार येनमा पुर्याउने भएको छ।
यसअघि अप्रिलमा लागू भएको आपतकालभन्दा यो पटक अलि खुकुलो छ। त्यति बेला देशभर विद्यालय र व्यवसायहरु अस्थायी रुपमा बन्द भएका थिए भने कार्यक्रमहरु पनि रद्द गरिएका थिए।







डिसी नेपाल








Facebook Comment