४५ प्रतिशत रिपब्लिकन्सले भने : संसदमाथिको आक्रमण ठिक हो

डिसी नेपाल
२३ पुष २०७७ २१:०९
1.9k
Shares

वाशिङ्टन् (एजेन्सी)। बुधबार अमेरिकाको संसद् भवन क्यापिटल हिल्समा राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकले गरेको तोडफोड तथा आक्रमणले संसारभर अमेरिकी लोकतन्त्रमाथि आक्रमण भएको भन्दै ट्रम्पको आलोचना भइरहेको छ।

४ जनाको ज्यान जाने गरी सो आक्रमण नवनिर्वाचित राष्ट्रपति जो बाइडेनलाई संसदले औपचारिक रुपमा निर्वाचित घोषणा गर्नुभन्दा ठिक अगाडि भएको हो। ट्रम्पले आक्रमण ठिकसमेत भनेका थिए। तर, संसार भर संसद भवनमा भएको सो आक्रमणको निन्दा गरिएको छ। तर, रिपब्लिकन पार्टीका समर्थक अमेरिकीले भने सो आक्रमणलाई ठिक भनेका छन्।

एक सर्वेका अनुसार ४५ प्रतिशत रिपब्लिकनले सो आक्रमण ठिक रहेको बताएका छन्। यूगभ नामको संस्थाले गरेको सर्वे अनुसार ४३ प्रतिशत रिपब्लिकनले भने सो आक्रमणको निन्दा गरेको बीबीसीले उल्लेख गरेको छ।

ट्रम्प रिपब्लिकन पार्टीबाट राष्ट्रपतिमा अघिल्लो पटक निर्वाचित भएका थिए। तर, नोभेम्बरमा भएको चुनावमा उनी डेमोक्रेट पार्टीका उम्मेदवार जो बाइडेनसँग पराजित भए। तर, ट्रम्पले हार स्वीकार अन्तिमसम्म पनि गरेनन्। र आफूले जितेको भ्रम फैलाइरहे। उनले फैलाएको भ्रमकै कारण बुधबार क्यापिटल्स हिल्समा सो आक्रमण भएको थियो।

यद्यपी ट्रम्प समर्थकको सो आक्रमणलाई निस्तेज पारेपछि ४ घण्टा ढिला शुरु भएको संसदको बैठकले बाइडेनको जितलाई औपचारिकता दियो। र अन्तिममा ट्रम्पले सत्ता हस्तान्तरण विधिपूर्वक गर्ने बताए।

२० जनवरीमा बाइडेनले राष्ट्रपति पदको शपथ लिने छन् भने कमला ह्यारिसले उपराष्ट्रपति पदको शपथ लिनेछिन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.