एक बिहे जसको चर्चा छत्तिसगढदेखि दिल्लीसम्म चल्यो
काठमाडौं (एजेन्सी)। भारतको छत्तिसगढमा भएको एक बिहे हालका दिनमा निकै चर्चाको विषय बनेको छ। छत्तिसगढका चुन्दु मौर्य र उनकी दुई पेमिका सुन्दरी कश्यप र हसिना बघेलको बिहे चर्चाको विषय बनेको हो।
गएको आइतबार चन्दुले एकै मण्डपमा दुई बेहुलीसँग बिहे गरे। यो विषयमा बीबीसी हिन्दीले एक लामो न्यूज स्टोरी प्रकाशित गरेको छ। बीबीसीका अनुसार जनजाती समूदायका यी युवायुवतीको बिहेबारे अहिले भारतभर चर्चा छ।
समाचार अनुसार दुबै युवतीले चन्दुलाई प्रेम प्रस्ताव गरेका थिए। किसान परिवारका चन्दुलाई तीन वर्ष पहिला एक बिहेमा देखेकी युवती सुन्दरी कश्यपले प्रेम प्रस्ताव राखेकी थिइन्। ९ सम्ममात्र पढेका चन्दुलाई १०मा पढ्ने सुन्दरीले बिहेमा देखेको बेला चन्दुसँग प्रेम प्रस्ताव गरिन्। र फोनमार्फत दुईजनाको प्रेम झागिँदै गयो। सुन्दरी चन्दुकी गाउँकी होइनन्। अर्को गाउँकी हुन्।

दुई वर्षपछि अर्की युवती हसिना बघेलले पनि एक बिहेमै देखेर चन्दुसँग प्रेम प्रस्ताव राखिन्। हसिना चन्दुकै गाउँकी हुन्। हसिनासँगको लामो मित्रतापछि दुबैबीच प्रेम भयो। तर चन्दुले आफू पहिलादेखि नै सुन्दरीको प्रेममा रहेको जानकारी दिए। र सुन्दरीलाई पनि हसिनाबारे जानकारी दिए।
र भने, ‘जो पहिला मेरो घरमा आउँछ, उसैसँग बिहे हुन्छ।’ यो सुनेपछि सुन्दरी चन्दुको घरमा आइन्। सुन्दरी चन्दुको घर आएको जानकारी पाएपछि हसिाना पनि चुन्दुको घरमा आइन्। एक वर्षसम्म बिहे नगरेरै दुबै युवती चन्दुको घरमा बसे। जनजाती समूदायमा युवती बिहेभन्दा पहिला नै युवकको घरमा आउनु सामान्य हो।
तीनजनाबीच नै कुरा मिलेपछि एकवर्षसम्म बिहे नगरी बसेका यी तीनजनाबीच गएको आइतबार धुमधामका साथ बिहे भयो। यो जनजाती समूदायमा बुहबिहे गर्नु अपराध होइन।







डिसी नेपाल








Facebook Comment