भारतीय सीमाभित्र चिनियाँ सैनिक !
काठमाडौं। लद्दाखमा लाइन अफ एक्चुअल कन्ट्रोलमा भारत र चीनबीच तनाव कम गर्ने कोसिस भइरहेको छ । तर, यही बीचमा चिनियाँ सैनिक भारतीय सीमाभित्र प्रवेश गरेका छन् । शुक्रबार भारतीय सीमा क्षेत्रमा आएका ती सैनिकलाई भारतीय सेनाले हिरासतमा लिएको बताइएको छ । यसअघि पनि मध्य अक्टोबरमा चिनियाँ सैनिकलाई भारतीय सीमाभित्र हिरासतमा लिइएको थियो ।
भारतीय सेनाका अनुसार ८ जनवरी शुक्रबार एक जना चिनियाँ सैनिकलाई भारतीइ सीमा क्षेत्रबाट हिरासतमा लिइएको हो । घटना पेगोंग त्सो तालको दक्षिणी किनाराको हो । पिएलएका यी सैनिकलाई त्यहाँ तैनाथ भारतीय सैनिकले देखेका थिए । गत वर्ष १५ जूनमा भएको झडपपछि यहाँ दुवै देशले सेनाको तैनाथी बढाएका छन् । यी सैनिकले कुन परिस्थितिमा भारतीय सीमामा प्रवेश गरेका हुन् भन्नेबारे जाँच भइरहेको बताइएको छ । भारतीय सेना सूत्रका अनुसार चिनियाँ सैनिकलाई हिरासतमा लिइएको कुरा चीनका सैनिक अधिकारीलाई जानकारी दिइएको छ । यसबारेमा दुवै देशका सैनिक सम्पर्कमा छन् ।







डिसी नेपाल








Facebook Comment