जापानको पासपोर्ट विश्वकै शक्तिशाली
टोकियो। हरेक वर्ष पासपोर्टको सामथ्र्य मापन गर्ने अन्तर्राष्ट्रिय संस्था हेनली पासपोर्ट सूचकांकले यस वर्षको नतिजा सार्वजनिक गरेको छ। जस अनुसार विश्वको तेस्रो ठूलो अर्थतन्त्र भएको जापानको पासपार्ट विश्वकै शक्तिशालीको सूचिमा परेको छ।
हेनलीका अनुसार जापानको पासपोर्ट अघिल्लो वर्ष पनि विश्वको पहिलो स्थानमा नै रहेको थियो। जापानको पासपोर्ट वाहकले अहिले विश्वका १९१ देशमा बिमानस्थल ओर्लेपछि सहजै भिषा पाउने गरेको विवरणमा उल्लेख छ।
जापानपछि भने सिंगापुर दोस्रो नम्वरमा रहेको छ। सिंगापुरको पासपोर्ट भएकाहरुले १९० देश सहज भ्रमण गर्न पाउँछन्। महाशक्ति देश अमेरिकाको पासपोर्ट प्रयोगकर्ताले केवल ८५ देशमा सहज यात्रा अनुमति पाउने गरेको सूचांकले देखाएको छ।
नेपालको राहदानी प्रयोगकर्ताले भने ३८ देशको सहज यात्रा गर्न पाउने छ्न् भने ,उत्तर कोरियाको पासपोर्टले ३९ देख घुम्न सकिन्छ। नेपालको पासपोर्ट बाहक र लिबियाको ,भने एउटै हैसियत रहेको छ।
शक्तिशाली पासपोर्ट भएका देश
१ जापानः १९१ देश भ्रमण गर्न सहज
२ सिंगापुरः १९० देश भ्रमणगर्न सहज
३ दक्षिण कोरिया, जर्मनीः १८९ देश भ्रमण गर्न सहज
४ इटाली, फिनल्यान्ड, स्पेन, लक्जेमबर्गः १८८ देश भ्रमण गर्न सहज
५डेनमार्क, अस्ट्रियाः १८७ देश भ्रमण गर्न सहज
६ स्वीडेन, फ्रान्स, पोर्चुगल, नेदरल्यान्ड्स, आयरल्यान्डः १८६ देश भ्रमण गर्न सहज
७ स्वीट्जरल्यान्ड, अमेरिका, बेलायत, नर्वे, बेल्जियम, न्युजिल्यान्डः १८५ देश भ्रमण गर्न सहज
८ रिस, माल्टा, चेक रिपब्लिक, अस्ट्रेलियाः १८४ देश भ्रमण
९ क्यानडाः १८३ देश भ्रमण गर्न सहज
१० हंगेरीः १८१ देश भ्रमण गर्न सहज
कमजोर पासपोर्ट भएँको देशहरु
१ उत्तर कोरियाः ३९ देश भ्रमण गर्न सहज
२ लिबिया, नेपालः ३८ देश भम्रण गर्न सहज
३ प्लोस्टाइनी क्षेत्रहरुः ३७ देश भ्रमण गर्न सहज
४ सोमालिया, यमनः ३३ देश भ्रमण गर्न सहज
५ पाकिस्तानः ३२ देश भ्रमण गर्न सहज
६ सिरियाः २९ देश भ्रमण गर्न सहज
७ इराकः २८ देश भ्रमण गर्न सहज
८ अफगानिस्तानः २६ देश भ्रमण गर्न सहज







डिसी नेपाल








Facebook Comment