कोरोनाभाइरसको क्रुर रुपः वृद्धहरुलाई ‘मर्न दिन’ डाक्टरहरु बाध्य !

डिसी नेपाल
२६ पुष २०७७ ११:३४
1.3k
Shares

काठमाडौं। कोरोनाभाइरसका बिरामीहरुको चाप थेग्नै नसक्ने स्थितिमा पुगेका लण्डनका अस्पतालहरुमा कार्यरत डाक्टरहरुले कोरोना बिरामीहरुमध्ये कसलाई जटिल उपचार सेवा दिने भनेर छान्न थालेका छन् । यहाँका स्वास्थ्यकर्मीहरुले नेशनल हेल्थ सर्भिस अब धान्नै नसक्ने विन्दूमा पुग्न लागेको चेतावनी दिएका छन् । लण्डनका केही अस्पतालमा बेड, आइसीयू, भेन्टिलेटरको कमी भएपछि डाक्टरहरुले कुन बिरामीलाई ‘बचाउन प्रयास गर्ने’ र कुन बिरामीलाई ‘मर्न दिने’ भनेर छान्न बाध्य हुनु परेको डाक्टरहरुलाई उद्धृत गर्दै डेलीमेलले लेखेको छ

रिपोर्टका अनुसार अब डाक्टरहरुले बाँच्ने सम्भावना धेरै भएका बिरामीहरुलाई प्राथमिकतामा राखेर उपचार गर्न बाध्य भएका छन् । बाँच्ने सम्भावना कम भएका जटिल रोगी र वृद्धवृद्धाहरुलाई ‘मर्न दिन’ चिकित्सकहरु बाध्य भएका छन् । यसको अर्थ अबका दिनमा बाँच्ने सम्भावना उच्च भएका युवा बिरामीहरुले बाँच्ने सम्भावना न्यून भएका वृद्धवृद्धाले भन्दा उपचारमा प्राथमिकता पाउनेछन् । तथ्यांकका अनुसार कोभिडको लक्षण देखिएका कूल बिरामीमध्ये ३० प्रतिशत मात्रै घरमा बसिरहेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.