शहरमा सडक पनि छैनन्, गाडी पनि छैनन्, कहाँ बन्दैछ यस्तो अद्भूत शहर ?

डिसी नेपाल
२८ पुष २०७७ १३:३२
6.8k
Shares

काठमाडौं। शहर भन्नासाथ हामीले ठूला ठूला घरहरु, सडकहरुको जालो र गाडीहरुको ताँतीको कल्पना गर्छौं । तर, शहरमा कुनै पनि सडक र गाडी नै नभए के होला ? यस्तो शहर हामी झट्ट कल्पना गर्दैनौं । साउदी अरबले भने सडक र गाडीबिनाको शहर बनाउन लागेको छ । साउदी राजकुमार मोहम्मद बिन सलमानले यो शहरको योजना पेश गरेका छन् । साउदीले अहिले आफ्नो आयको लागि तेलमा निर्भरता घटाउँदै वैकप्लिक उपाय खोजिरहेको छ र यो योजना त्यसैअन्तर्गतको हो ।

रोयटर्सका अनुसार केही महिनामै यो शहरको निर्माण सुरु हुनेछ । ब्लुमबर्गका अनुसार नयाँ शहर करिब १७० किलोमिटर क्षेत्रमा फैलिएको हुनेछ । यो शहरको नाम द लाइन हुनेछ । यो साउदी अरबको निओम परियोजना अन्तर्गत बन्दैछ । साउदी अरब निओम परियोजनाका लागि ५०० बिलियन डलर खर्च गर्दैछ । साउदीले भविष्यको यो शहरमा कार्बन उत्सर्जन हुने छैन । साउदी सरकारको वक्तव्यका अनुसार यो शहरमा मानिसहरु पैदल हिँड्नेछन् र यो प्रकृतिको छेउमा हुनेछ ।

यो शहरमा करिब १० लाख मानिसहरु बस्नेछन् । २०३० सम्म यो शहरमा ३ लाख ८० हजार रोजगारी पनि सृजना हुनेछन् । शहरका आधारभूत संरचनाको निर्माणको लागि १०० देखि २०० बिलियन डलर लागत पर्नेछ । साउदी अहिले विश्वको सबैभन्दा ठूलो तेल निर्यातकर्ता हो तर अब राजकुमार सलमानले देशको अर्थतन्त्रमा विविधता ल्याउने प्रयास गरिरहेका छन् । उनले यो शहर मानवताको लागि क्रान्तिजस्तै हुने बताएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.