ओलीको उपचारमा कुनै कसर बाँकी नराख्न स्वास्थ्य मन्त्रीको निर्देशन

डिसी नेपाल
१७ चैत २०८२ ७:२५
1.1k
Shares

काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहताले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचाररत पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्य उपचारमा कुनै कमी नराख्न निर्देशन दिएकी छन्।

मन्त्री मेहताले अस्पतालका निर्देशक प्राडा सुवासप्रसाद आचार्यलाई टेलिफोनमार्फत सम्पर्क गरी ओलीको हालको स्वास्थ्य अवस्था, भइरहेका परीक्षण तथा आगामी उपचार योजनाबारे जानकारी लिदै आवश्यक सबै परीक्षण तुरुन्त गर्न, विशेषज्ञ चिकित्सक टोली परिचालन गर्न र बिरामीलाई निरन्तर निगरानीमा राख्न निर्देशन दिएकी छन् ।

मन्त्रीको निर्देशनपछि अस्पतालले कार्डियोलोजी, नेफ्रोलोजी, मेडिसिन, जनरल सर्जरी तथा प्रयोगशाला विभागका विशेषज्ञहरू सम्मिलित उच्चस्तरीय चिकित्सक टोली गठन गरी विस्तृत स्वास्थ्य परीक्षण तथा मूल्यांकन प्रक्रिया अघि बढाएको जनाएको छ। साथै, ओलीको स्वास्थ्य अवस्थाको समग्र विवरण तयार पार्ने काम पनि सुरु गरिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *