डोनाल्ड ट्रम्पले वाशिङटन डिसीमा संकटकाल लगाए
काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राजधानी वाशिङटन डिसीमा संकटकाल लागू गरेका छन् । ट्रम्पले सोमबार स्वीकृत गरेको यो संकटकाल अर्थात इमरजेन्सी आगामी जनवरी २४ सम्म लागू हुने समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ । निर्वाचित राष्ट्रपति जो बाइडेनको शपथ ग्रहण यही बीचमा जनवरी २० मा हुँदैछ ।
संकटकालले डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी र संघीय इमरजेन्सी व्यवस्थापन एजेन्सीलाई राज्य स्तरका निकायसँग सहकार्य गरेर सुरक्षा व्यवस्थापन गर्न स्वीकृति दिएको छ । निर्वाचित राष्ट्रपति जो बाइडेनको शपथ ग्रहण कार्यक्रममा हिंसा हुन सक्ने आशंकाले यस्तो गरिएको बताइएको छ । आइतबार वाशिङटन डिसीका मेयर मुरिएल बाउजरले राष्ट्रपति ट्रम्पलाई राजधानीमा संकटकाल लगाउन आग्रह गर्दै पत्र लेखेका थिए । त्यही पत्रलाई ट्रम्पले स्वीकृति दिएका हुन् ।







डिसी नेपाल








Facebook Comment