स्रोत नखुलेको रु नौ लाखबढी रकमसहित दुई युवक पक्राउ

डिसी नेपाल
२९ पुष २०७७ २३:०१
100
Shares

लहान । स्रोत नखुलेको रु नौ लाखभन्दा बढी रकमसहित प्रहरीले सिरहाको बरियारपट्टी गाउँपालिका– १ कचनारीबाट दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बरियारपट्टि गाउँपालिका– २ खोक्सी निवासी ४० वर्षीय मोहमद सगीर मियाँ र २४ वर्षीय मेहदी मन्सुर रहेको प्रहरीले जनाएको छ ।

भारतबाट नेपालतर्फ आउँदै गरेको स८प ९६१४ नंको मोटरसाइकल रोकेर जाँच गर्ने क्रममा स्रोत नखुलेको नेपाली रु नौ लाख ३९ हजार ९१५ नगदसहित दुवै जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक शालीग्राम शर्माले जानकारी दिए । पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय महेशपुरपतारीमा राखी थप अनुसन्धान भइरहेको जनाइएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.