राष्ट्रिय योग दिवसमा प्रधानमन्त्री निवासमा प्रधानमन्त्री ओलीको योगाशन
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले मनको भाव शान्त र शुद्ध पार्न योग आवश्यक रहेको बताएका छन्। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृण्ण गोपाल श्रेष्ठको संयोजकत्वको राष्ट्रिय योग दिवस मूल समारोह समितिको आयोजनामा प्रधानमन्त्री निवास वालुवाटारमा भएको योग दिवसलाई सम्बोधन गर्दै प्रम ओलीले नेपालमा करिब १५ हजार वर्ष अघि योग शुरु भएको बताए।
आदि योगको भूमीको रुपमा रहेको नेपाललाई योगमय बनाउन योगगुरुहरुको महत्वपूर्ण भुमिका रहेको उनले बताए। उनले भने, ‘मानव, जीव, अन्यजीव र प्रकृतीसंग जोडिएको शब्द योग हो, हरेक नेपालीले स्वथ्य रहन हरेक दिन योग गर्न आवश्यक छ।’
उनले जीवनलाई कसरी मानव जीवन बनाउने भन्ने विषय योगसंग जोडिएको उल्लेख गर्दै योगकै कारण अधिकांस नेपाली स्वथ्य भएको उल्लेख गरे। हरेक वर्षको जुन २१ मा अन्तराष्ट्रिय योग दिवस मनाउने गरेको स्मरण गराउदै उनले सो दिन नेपालकै सहमतिमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त राष्ट्रसंघमा अन्तर्राष्ट्रिय योग दिवसको प्रस्ताव गरेको र नेपालका तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले पहिलो समर्थन गरेको बताए।

मुल समारोह समितिका संयोजक एवं शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री श्रेष्ठले योग शिक्षा र अभ्यासलाई सबै नेपालीले ग्रहण गर्नुपर्ने बताए। उनाले अधिकांश नेपालीले योग गर्ने संस्कार शुरु गरेको बताउँदै योगकै कारण अन्य मुलुकको तुलनामा नेपाली जनता स्वथ्य रहेको दाबी गरे।
प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा मन्त्रीहरु, चारै सुरक्षा निकायका प्रमुख, विघटित प्रनिनिधि सभाका सदस्य, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, उच्च कर्मचारी, योगगुरु, अभ्यासकर्ता, शिक्षाकर्मीलगायत सहभागी थिए।
कार्यक्रममा योगगुरु क्षितिज बराकोटीले योगाभ्यास गराएका थिए। योगगुरु आनन्द अरुणले विश्वमा योगाभ्यास बढ्दो हुँदै गएको र तीन करोडले दैनिक योग गर्ने गरेको बताए।
नेपालमा वि.सं. २०७२ माघ १ गतेदेखि राष्ट्रिय योग दिवस मनाइँदै आइएको छ। यो छैठौ योग दिवस हो। सरकारले यो दिवसलाई सप्ताहब्यापी रुपमा मनाउने भएको छ। कार्यक्रममा शिक्षा सचिव गोपी मैनालीले योगको महत्वको बारेमा जानकारी दिएका थिए।







डिसी नेपाल








Facebook Comment