धनुषा-२ मा रास्वपाका उम्मेदवार निर्वाचित
महेन्द्रनगर (धनुषा) । धनुषा निर्वाचन क्षेत्र नम्बर-२ बाट प्रतिनिधिसभा सदस्य पदमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का रामविनोद यादव निर्वाचित भएका छन्। निर्वाचन अधिकृतको कार्यालयका अनुसार यादवले कूल ४१ हजार ६३७ मत प्राप्त गरे।
नेपाली कांग्रेसका दिनेश परसैलाले १० हजार १९८ मत प्राप्त गर्दा नेकपा (एमाले)का उमाशंकर अरगरियाले १० हजार १५३ मत प्राप्त गरे। यसैगरी नेपाल कम्युनिस्ट पार्टीका रामचन्द्र झाले आठ हजार ४०३, जनता समाजवादी पार्टी (जसपा) का पशुपति यादवले तीन हजार ८३० मत प्राप्त गरे।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment