फाइजरको भ्याक्सिन लगाएपछि २९ जनाको मृत्यु, भ्याक्सिन प्रश्नको घेरामा, सरकार चिन्तित

डिसी नेपाल
४ माघ २०७७ १२:१०
1.2k
Shares

काठमाडौं। नर्वेमा फाइजरको भ्याक्सिन लगाएपछि मृत्यु हुनेको संख्या २९ पुगेको छ । यससँगै सरकारको चिन्ता बढेको छ भने भ्याक्सिनमाथि समेत गम्भीर प्रश्न उठेको छ । नर्वेमा पछिल्लो समय मृत्यु हुनेको संख्या ६ थप भइ २९ पुगेको हो । यसरी मृत्यु हुनेहरु ७५ देखि ८० वर्ष उमेर समूहका छन् । यो समूहलाई जोखिममा रहेको समूह मानेर पहिले भ्याक्सिन लगाइएको हो ।

नर्वेमा अहिलेसम्म ४२ हजार जनालाई भ्याक्सिन लगाइसकिएको छ । शुक्रबारसम्म नर्वेमा उपलब्ध एकमात्र भ्याक्सिन फाइजर र बायोएनटेकले विकास गरेको भ्याक्सिन थियो । नर्वेजियन मेडिसिन एजेन्सीले ब्लुमबर्गलाई दिएको लिखित जवाफमा यी सबै मृत्युहरु यो भ्याक्सिनसँग सम्बन्धित भएको बताएको छ । एजेन्सीका अनुसार १३ मृत्युको आंकलन गरिएको छ र एजेन्सीलाई अन्य १६ मृत्युको विषयमा थाहा छ जसको आंकलन गरिँदैछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *