ऊर्जा मन्त्रालयमा प्लास्टिकजन्य सामग्री पूर्ण प्रतिबन्ध
काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले आज (मंगलबार)देखि प्लास्टिकजन्य सामग्रीको प्रयोग पूर्ण रूपमा प्रतिबन्ध गर्ने निर्णय कार्यान्वयनमा ल्याएको छ।
वातावरण संरक्षण, स्वच्छता प्रवद्र्धन तथा दिगो विकासप्रतिको प्रतिबद्धतालाई व्यवहारमा उतार्ने उद्देश्यले मन्त्रालयले प्लास्टिकजन्य सामग्रीको प्रयोग पूर्ण रूपमा प्रतिबन्ध लगाएको हो।
प्लास्टिकजन्य वस्तुको अत्यधिक प्रयोगका कारण वातावरणमा परेको नकारात्मक असरलाई न्यूनीकरण गर्दै वैकल्पिक तथा वातावरणमैत्री सामग्रीको प्रयोगलाई प्रोत्साहन गर्ने नीतिअनुरूप यो निर्णय गरिएको जनाइएको छ।
उक्त निर्णयलाई सफल बनाउन मन्त्रालयले सम्बन्धित सबै निकाय र कर्मचारीलाई निर्देशित गरिसकेको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment