थप २६६ जनामा कोरोना पुष्टि, सक्रिय संक्रमित ३ हजार ९ सय

डिसी नेपाल
४ माघ २०७७ १६:२९
228
Shares

काठमाडौं। आइतबार नेपालमा थप २६६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ६७ हजार ३२२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या ३ हजार ९१९ रहेको छ ।

पछिल्लो २४ घण्टामा ४०० जना निको भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ६१ हजार ४४४ पुगेको छ । पछिल्लो २४ घण्टामा ५ जना थपिएसँगै कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ हजार ९५९ पुगेको छ।

यस्तै हालसम्म २२१ जना क्वारेन्टिनमा रहेका छन् । हालसम्म २० लाख १२ हजार ४५२ जनाको पीसीआर परिक्षण गरिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.