ललिता निवास जग्गा प्रकरण: अग्राधिकार प्राप्त मुद्दा हेर्न नभ्याइनेमा

डिसी नेपाल
४ माघ २०७७ १७:१७
168
Shares

काठमाडौं । ललिता निवास प्रकरणमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई मुद्दा नचलाएको विषयमा सर्वोच्च अदालतमा परेको रिटको सुनुवाई आइतबार हेर्न नभ्याइनेमा परेको छ ।

न्यायाधीशहरु आनन्दमोहन भट्टराई र हरि फुयाँलको इजलासमा अग्राधिकार प्राप्त सो रिटमाथिको सुनुवाइ हेर्न नभ्याइनेमा राखिएको हो ।

बालुवाटार जग्गा प्रकरणमा तत्कालीन प्रधानमन्त्री नेपालविरुद्ध मुद्दा दायर नगरिएको भन्दै अधिवक्ता बालकृष्ण न्यौपानेले अख्तियार दुरुपयोग अनुसन्धान आयोग र महान्यायाधिवक्ताको कार्यालयलाई विपक्षी बनाइ २०७६ माघ २९ गते रिट दायर गरेका थिए ।

अख्तियारले तीन पूर्वमन्त्री र अख्तियारका एक पूर्वप्रमुख आयुक्तसहित १ सय ७५ जनाविरुद्ध २०७६ माघ २२ मा विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.