बालुवाटारको गेटमा ओलीलाई स्पष्टीकरण पत्रः पार्टीबाट किन निष्कासन नगर्ने तीन दिन भित्र जवाफ दिनू

डिसी नेपाल
५ माघ २०७७ १७:००
572
Shares

काठमाडौं। नेकपा (प्रचण्ड–माधव) समूहले नेकपा (ओली) समूहका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्पष्टीकरण सोधेको छ। सो समूहका नेताहरुले सोमबार ४ बजे प्रधानमन्त्री निवास बालुवाटार पुगेर स्पष्टीकरण पत्र बुझाएका छन्।

सो पत्र बुझाउन गएका नेता सुरेन्द्र पाण्डेले डिसी नेपालसँग भने, ‘पार्टी स्थायी कमिटीको निर्णय अनुसार आज स्पष्टीकरण पत्र बालुवाटार पुगेर बुझाएका छौं। पार्टी विधानको दफा ५६ अनुसार स्पष्टीकरण सोधिएको हो।’

उनका अनुसार स्पष्टीकरण बालुवाटारको गेटमा बुझाइएको छ। स्पष्टीकरण पत्रमा संसद् विघटन गरेकाले पार्टीको अध्यक्षबाट हटाइएको र त्यसपछि पनि विधानको दफा ५६ अनुसार गतिविधि गरेकाले पार्टी सदस्यबाटै किन निष्कासन नगर्ने भनी स्पष्टीकरण सोधिएको नेता पाण्डेले बताए। उनले सोमबारको मितिदेखि तीन दिन भित्र स्पष्टीकरण दिन समय सीमा दिइएको बताए।

सरकारले प्रतिनिधिसभा विघटन गरेसँगै सत्तारुढ दल नेकपा दुई गुटमा विभाजित भएको छ। तर दल विभाजनले औपचारिकता भने पाएको छैन। दुबै पक्षले पार्टी विभाजन नभएको बताउँछन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.