विद्युत सर्ट हुँदा सोल्टी सिटी अपार्टमेन्टमा आगलागी
काठमाडौं। रविभवनस्थित सोल्टी सिटी अपार्टमेन्टमा विजुली सर्ट हुँदा लागेको आगो नियन्त्रणमा आएको छ। सोमबार दिउसो करिब २ बजे अपार्टमेन्टमा लागेको आगो करिव १ घण्टा पछि नियन्त्रणमा आएको प्रहरी वित्त कालिमाटीका प्रहरी उपरिक्षक डीएसपी अपिलराज बोहोराले बताए।
उनका अनुसार मानवीय क्षति नभए पनि उद्दारको क्रममा केही मानिसहरु सामान्य चोट पटक लागेको छ। १३ तलाको विल्डिङमा तेस्रो तलाबाट विजुली सर्ट हुँदा आगलागी सुरु भएको हो। आगलागि हुँदा झिल्का १३ तलासम्म पुगेकाले धेरै क्षति भएको आशंका गरिएको थियो।
अपार्टमेन्टबाट २ जना बच्चा ५ जना महिला र १६ जना पुरुषहरु लगाएत २३ जना मान्छेलाई उद्दार गरिएको थियो। उद्दारको क्रममा सामान्य चोट पटक लागे पनि उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको डीएसपी बोहोराले बताए।
केही सामान, ग्यास लगाएत सर सामानमा क्षति भए पनि हालसम्म आर्थिक क्षतिको बारेमा यकिन छैन्। मुचुल्का गरिसकेपछि आर्थिक क्षतिको बारेमा थाहा हुने प्रहरीले बताएको छ।







डिसी नेपाल








Facebook Comment