नवनियुक्त प्रशिक्षक वाटमोर भन्छन्–४५ वर्षको अनुभव नेपाली क्रिकेटमा लगाउनेछु
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका नवनियुक्त मुख्य प्रशिक्षक डेभ वाटमोरले आफ्नो अनुभव नेपाली क्रिकेट विकासको लागि लगाएर आफ्नो कार्यकालमा नेपाली क्रिकेटलाई नतिजा निकाल्नसक्ने टिम बनाउने बताएका छन् ।
नेपाली टिमको मुख्य प्रशिक्षक नियुक्त भएर नेपाल आएपछिको पहिलो पत्रकार सम्मेलनमा बोल्दै वाटमोरले आफ्नो सम्पूर्ण अनुभव नेपाली क्रिकेटमा लगाउने बताएका हुन् ।
बिहिबार पत्रकार सम्मेलनमा बोल्दै वाटमोरले भने, ‘मेरो क्रिकेटको अनुभव नेपाली क्रिकेट विकासमा लगाउने छु ।’ यसका साथै उनले आफ्नो लक्ष्य नेपाली क्रिकेट टिमको वरियता बढाउने रहेको पनि बताए । ‘एकदिवसीय क्रिकेटको वरीयता सुधार गर्ने पनि लक्ष्य हुनेछ,’ उनले थपे । वाटमोरले टिमलाई नतिजामुखी बनाउने र त्यसको लागि राम्रो टिम आवश्यक पर्ने बताए । उनले छनोटकर्ताले राम्रो टिम छानेमा उक्त टिमले राम्रो प्रदर्शन गर्ने बताए ।
एक बर्षका लागि नेपाली राष्ट्रिय क्रिकेट टिमको प्रशिक्षकका रुपमा आएका वाटमोरले हाइपर्फमेन्स क्याम्पमा केहि समय नेपाल बस्दा निकै राम्रो लागेको र अहिलेपनि टिमका खेलाडीसँग राम्रो समय बित्ने विश्वास रहेको बताए ।
उनले आफ्नो ४५ बर्षको अनुभवलाई नेपाली टिमका खेलाडीसँग साट्न पाउँदा निकै खुसी लागेको रअहिले क्याम्पमा रहने २५–३० खेलाडीभन्दा बाहिर गएर नयाँ खेलाडीलाई पनि मौका दिनुपर्ने जोड दिए ।







डिसी नेपाल








Facebook Comment