उखु किसानले फेरि गरे आन्दोलनको घोषणा
माइतिघरमा उखुकाे भुक्तानि माग्न आन्दाेलनरत उखुकिसानहरू
काठमाडौं। चिनी उद्योगले उखुको रकम नदिएको भन्दै गत पुसमा काठमाडौंमा आन्दोलन गरेका सर्लाहीका उखु किसानले फेरि आन्दोलनको घोषणा गरेका छन्। पुस १३ मा भएको सहमति अनुसार चिनी उद्योगले रकम नतिरेको भन्दै सर्लाहीका किसानले आन्दोलन घोषणा गरेका हुन्।
चिनी उद्योगले किसानलाई ६५ करोड दिनुपर्ने उद्योग तथा वाणिज्य मन्त्रालयले मौखिक जानकारी गराएको उखु किसानले बताएका छन्। रकम तिर्ने समयसीमासम्म ६५ करोड मध्ये ५७ करोड उद्योगले तिरिसकेको र बाँकी ८ करोड पनि उद्योग मन्त्रालयले जिम्मा लिइसकेको मन्त्रालय मौखिक जानकारी गराएको तर, त्यसमा आफूहरुलाई विश्वास नभएको उखु किसानहरुले बताएका छन्।
उुखु किसानले कालोपट्टी बाँधेर काम गर्नेलगायतका तेस्रो चरणको आन्दोलनका कार्यक्रम तय गरेका छन्।
चिनी उद्योगले उखुको पैसा नतिरेको भन्दै किसानहरुले वर्षेनी आन्दोलन गर्दै आए पनि यो समस्याको दीर्घकालीन समाधान हुन सकेको छैन।








डिसी नेपाल







Facebook Comment