कोरोना खोप उत्पादन गर्ने कम्पनीमा भएको आगलागीमा ५ जनाको मृत्यु

डिसी नेपाल
८ माघ २०७७ २०:१५
196
Shares

काठमाडौं। विश्वकै सबैभन्दा ठूलो भ्याक्सिन उत्पादक कम्पनी सिरम इन्स्टिच्युट अफ इण्डियाको कारखानामा भएको भीषण आगलागीमा परी कम्तिमा ५ जनाको मृत्यु भएको छ। महाराष्ट्रको पुणेस्थित यो कारखाना सिरमको सबैभन्दा ठूलो कारखाना हो।

यहाँ अहिले कोरोनाभाइरस विरुद्धको भ्याक्सिन उत्पादनको काम भइरहेको छ। यहाँ अक्सफोर्ड–एस्ट्राजेनेकाले विकास गरेको भ्याक्सिन उत्पादनको काम भइरहेको छ।

कोभिशिल्ड नामक भ्याक्सिन उत्पादन गर्ने यो कारखानामा आगलागी हुँदा ठूलो क्षति भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्। विद्युत शर्ट भएर आगलो लागेको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ। महाराष्ट्रका मुख्यमन्त्री उद्धव ठाकरेले सो घटनाबारे छानविन गर्न आदेश दिएका छन्। सिरमका प्रमुख कार्यकारी अधिकृत आधार पुनावालाले पनि आगलागीमा केहीको मृत्यु भएको बताएका छन्।

भारतले आज मात्रै नेपाललाई १० लाख डोज भ्याक्सिन पठाएको थियो। यो भ्याक्सिन यही कारखानामा उत्पादन भएको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.