चीनमा सन् २०२० मा करिब दुई खर्ब घन मिटर प्राकृतिक ग्यास उत्पादन
बेइजिङ । चीनले सन् २०२० मा एक खर्ब ८८ अर्ब घन मिटर प्राकृतिक ग्यास उत्पादन भएको चिनियाँ राष्ट्रिय तथ्याङ्क विभागद्वारा आइतबार सार्वजनिक रिपोर्टमा उल्लेख गरिएको छ । यो उत्पादन अघिल्लो वर्षको तुलनामा ९.८ प्रतिशतले वृद्धि हो ।
चीनले लगातार चार वर्षसम्म आफ्नो प्राकृतिक ग्यास उत्पादन परिणामलाई १० अर्ब घन मिटरभन्दा बढी पु¥याएको विभागले जनाएको छ ।
प्राकृतिक ग्यास उत्पादनमा डिसेम्बरमा अझ बढी वृद्धि भएको देखिएको छ । डिसेम्बरमा चीनले १३।७ अर्ब घन मिटरबाट १८।७ अर्ब घन मिटर प्राकृतिक ग्यास उत्पादन गरेको हो ।
चीनले सन् २०२० मा १२ करोड टन प्राकृतिक ग्यास निर्यात गरेको छ यो अघिल्लो वर्षको तुलनामा ५।३ प्रतिशतले बढी हो ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment