बाजुरामा एसइईको सम्पूर्ण तयारी पूरा : दुई हजार बढि परीक्षार्थी सहभागी हुँदै

डिसी नेपाल
१७ चैत २०८२ १५:३०
36
Shares

बाजुरा। चैत १९ गतेदेखि देशभर सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८२ को लागि बाजुरा जिल्लामा सम्पूर्ण तयारी पूरा भएको छ।

शिक्षा विकास तथा समन्वय इकाई बाजुराले परीक्षाको लागि आवश्यक तयारी पूरा भएको जनाएको छ।

यस वर्ष जिल्लाभरबाट नियमित तर्फका २ हजार १ सय २६ र ग्रेडवृद्वी तर्फका ३ सय गरेर कुल २ हजार ४२६ विद्यार्थी एसइईमा सहभागी हुने शिक्षा विकास तथा समन्वय इकाई बाजुराका प्रमुख टिकाराम जोशीले बताए।

उनका अनुसार एसइई परीक्षाका लागि जिल्लामा १७ वटा परीक्षा केन्द्र तोकिएका जानकारी दिए। विगत बर्ष झैं यस वर्ष पनि परीक्षालाई स्वच्छ, भयरहित र मर्यादित वातावरणमा सम्पन्न गर्न आवश्यक सम्पुर्ण तयारीमा पूरा भएको बताएका छन्।

परीक्षा केन्द्रमा खटिने केन्द्राध्यक्षका लागी अभिमुखिकरण तालिम समेत प्रदान गरिएको छ। साथै परीक्षालाई भरपर्दाे र पारदर्शी बनाउन सहायक केन्द्राध्यक्ष, निरीक्षक र अन्य कर्मचारीहरूको समेत व्यवस्थापन गरिएको कार्यालयले जनाएको छ।

सरकारले नै कडा नियम लागू गरेसंगै परीक्षाको संवेदनशीलतालाई ध्यानमा राखेर परीक्षा केन्द्रमा कडा सुरक्षाको व्यवस्था गरिने भएको हे। कार्यालयका सूचना अधिकारी लालबहादुर विष्टले परीक्षाको केन्द्रमा कसैले पनि मर्यादा विपरीत कार्य गरेमा कारपाहस् गरिने समेत बताए छन्।

जिल्लामा उत्तरपुस्तिका, प्रश्नपत्रलगायत परीक्षाका सामग्री जिल्लामा पुगिसकेको कार्यालयले जनाएको छ। बाजुरामा २०८१ सालको एसइई परीक्षामा दुई हजार २१६ जना सहभागी भएकामध्ये १ हजार १९९ जना उत्तीर्ण भएका थिए।

त्यस्तै २०८० सालमा दुई हजार ८३४ जना विद्यार्थी एसइईमा सहभागी भएकामध्ये १ हजार पाँच जना मात्र उत्तीर्ण भएका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *