सीमामा भारतीय र चिनियाँ सैनिकबीच फेरि भिडन्त

डिसी नेपाल
१२ माघ २०७७ १२:५१
800
Shares

काठमाडौं। सीमामा भारतीय र चिनियाँ सैनिकबीच फेरि भिडन्त भएको छ । सूत्रलाई उद्धृत गर्दै भारतीय संचारमाध्यमहरुले जनाएअनुसार चिनियाँ सैनिक भारतीय क्षेत्रभित्र प्रवेश गर्न खोजेपछि भारतीय सैनिकले रोक्दा झडप भएको हो । वास्तविक नियन्त्रण रेखामा भएको झडपमा २० चिनियावँ सैनिक र ४ जना भारतीय सैनिक घाइते भएको दावी गरिएको छ । तर, यसको आधिकारिक पुष्टि हुन सकेको छैन । घटना ३ दिन पहिले सिक्किमको नाकुलामा भएको बताइएको छ ।

८ फेब्रुअरीमा पनि एक जना चिनियाँ सैनिकलाई भारतीय क्षेत्रबाट हिरासतमा लिइएको खबर सार्वजनिक भएको थियो । पूर्वी लद्दाखको पेगोंग त्सो तालको दक्षिणी किनाराबाट हिरासतमा लिइएको भनिएका ती सैनिकलाई भारतले २ दिनपछि चीनलाई सुम्पिएको थियो । अक्टोबरमा पनि भारतीय सेनाले एक जना चिनियाँ सैनिकलाई हिरासतमा लिएर पछि फिर्ता गरेको थियो ।

चीन र भारतबीच सैन्य तनाव कम गर्न कूटनैतिक स्तरमा वार्ता भइरहेको छ । आइतबार पनि १५ घण्टासम्म ९ औं चरणको वार्ता भएको थियो । यो वार्ताको ठिक अघि दुवै पक्षका सैनिकबीच भिडन्त भएको बताइएको छ । सीमामा भारत चीनबीच गएको अप्रिलदेखि तनाव बढेको छ । १५ जूनमा गलवानमा भएको भिडन्तमा २० जना भारतीय सैनिक मारिएका थिए । चीनतर्फ पनि हताहती भएको बताइएपछि कति सैनिक मारिए भन्ने प्रस्ट छैन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *