प्रतिनिधिसभा पुनःस्थापनाका नाममा सडकमा आउन जरुरी छैनः अर्थमन्त्री पौडेल
n'lDagL, !# df3M cy{dGqL lai0f'k|;fb kf}8]n ;+dIf d+unaf/ e}/xjfl:yt uf}tda'4 ladfg:yndf l;bfy{gu/ pBf]u jfl0fHo ;+3sf kbflwsf/Ln] pBf]uL Joj;foLsf ;d:ofsf laifodf Wofgffif0f{ u/fpFb} . t:jL/M e/t s];L, /f;;
रुपन्देही । अर्थमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका महासचिव विष्णुप्रसाद पौडेलले मुलुक ताजा जनादेशका लागि अग्रसर भइसकेको बताएका छन् । “निर्वाचन तोकिएकै मितिमा सम्पन्न हुन्छ”, नेपाल प्रेस सङ्गठन रुपन्देहीले आज भैरहवामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री पौडेलले भने, “अब प्रतिनिधिसभा पुनःस्थापनाका नाममा सडकमा आउन जरुरी छैन ।”
प्रतिनिधिसभा पुनःस्थापनाको कुनै सम्भावना नरहेकाले अब निर्वाचनतर्फ आफ्ना प्रयास केन्द्रित गर्नुपर्ने उनको भनाइ छ । उनले आन्दोलन छोडेर निर्वाचनको तयारीमा लाग्न प्रचण्ड समूलाई आग्रह गरे । सरकार निर्वाचनका लागि स्रोत व्यवस्थापनमा लागेको बताउँदै मन्त्री पौडेलले अन्य दलहरु पनि निर्वाचन केन्द्रित भइसकेको उल्लेख गरे । निर्वाचनसँग सम्बन्धित काम गर्नका लागि अदालतले नरोकेको स्पष्ट पार्दै उनले निर्वाचनको तयारी र अदालतको फैसलालाई तुलना गर्नु नपर्ने धारणा राखे ।
प्रतिनिधसभाबाट जनताका अपेक्षा पूरा नहुने भएपछि ताजा जनादेशमा गएको बताउँदै मन्त्री पौडेलले भने, “निर्वाचन लोकतन्त्रको प्राण हो । प्रतिनिधिसभा विघटन गरी निर्वाचनमा जान सक्ने प्रष्ट व्यवस्था संविधानमा छ ।”
अर्थमन्त्री पौडेलले कोरोना सङ्क्रमणका कारण पुँजीगत खर्च सन्तुलनको अवस्थामा रहेको जानकारी गराउँदै उल्लेख्य वृद्धिका लागि काम कारवाही अगाडि बढाएको बताए ।
उनले कोरोना विरुद्धको गुणस्तरीय खोप प्रदान गर्न सरकारले आवश्यक तयारी गरेको बताउँदै भोलि माघ १४ गते प्रधानमन्त्री केपी शर्मा ओलीले खोपको शुभारम्भ गर्ने बताए । सरकार आवश्यकताअनुसार सबै नागरिकलाई खोप प्रदान गर्ने तयारीमा लागेको मन्त्री पौडेलको भनाइ छ । विभिन्न स्थानमा आयोजना गरिएका कार्यक्रममा सहभागी हुन अर्थमन्त्री पौडेल आज गृह जिल्ला रुपन्देही आएका हुन्। रासस







डिसी नेपाल








Facebook Comment